कोभिड भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण रोक्ने

काठमाडौं– कोभिड १९ का लागि बन्दै गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न सक्ने देखिएको छ ।

सो भ्याक्सिन संसारका सबैभन्दा ठूला औषधि कम्पनीहरु पिफाइजर र बायो एनटेकले निर्माण गरेका हुन् । कम्पनीले भ्याक्सिनमा प्राप्त पछिल्लो उपलब्धि विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको जनाएका छन् । उनीहरुले निर्माण गरेको खोप ६ वटा देशमा ४३ हजारभन्दा बढी मानिसहरुमा परीक्षण गरिएको थियो ।

यसैबीच ती कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.