ट्रम्पका केही कार्यकारी आदेशहरु परिवर्तन गर्ने योजनामा बाइडन

न्यूयोर्क– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएका डेमोक्र्याटिक पार्टीका जो बाइडनले पदभार ग्रहण गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका केही कार्यकारी आदेशहरु परिवर्तन गर्ने योजनामा हुनुहुन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको पर्यावरण सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय परिवर्तन हुने जनाइएको छ ।

इतिहासमै विविधतायुक्त मन्त्रिपरिषद् गठन गर्न लाग्नु भएका बाइडनले महत्वपूर्ण पदहरुमा को–को रहने भन्ने विषयमा छलफल थाल्नु भएको छ । आगामी सोमबार बाइडनले कोभिड- १९ विरुद्ध लड्न के कस्ता योजना बनाउने भन्ने विषयमा वैज्ञानिक र विज्ञहरुको समूह मार्फत् खाका प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका श्रृंखलावद्ध विवादस्पद ट्वीटहरु आइरहेका छन् । अझै पनि ट्रम्पले निर्वाचनको नतिजालाई स्वीकार गरिसकेको अवस्था छैन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनु भएका बाइडनलाई विश्वका नेताहरुले बधाई दिएका छन् । तर रुस र चीनले भने अझै कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.