विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– आज विश्व मधुमेह दिवस । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएकोमा यस बर्ष कोरोनाका साथै दोश्रो ठूलो चाड तिहार परेकाले चेतनामूलक कार्यक्रमहरु नभएको सम्बद्ध अधिकारीहरुको भनाई छ । विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन् ।

नेपालमा पनि बर्षेनी मधुमेहको समस्या बढ्दै गएको भनाई विज्ञहरको छ । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ ।दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

खानामा कार्वोहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकहरुले जनाएका छन् । त्यस्तै कुकुर पालेर योसंग खेल्ने र दौडिने अभ्यास गर्दा पनि फाईदा हुने सुझाव विज्ञहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.