लुम्बिनी सरकारले ५० हजार नयाँ रोजगारीको अवसर सिर्जना गर्ने

बुटवल– लुम्बिनी प्रदेशमा ५० हजार नयाँ रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रदेश सरकारले महत्वाकांक्षी योजना अघि सारेको छ । विदेशबाट रोजगारी गुमाई फर्किएका युवालाई लक्षित गरि करिब १ अर्ब ५० करोड बराबरको नयाँ रोजगारी लक्षित बजेट तर्जुमा गरिएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

उक्त लक्ष्य हासिल गर्नका लागि प्रदेशका १ सय ९ वटै स्थानिय तहमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी महत्वाकांक्षी योजना भएपनि लुम्बिनी प्रदेशमा रोजगारी अभिबृद्धि गर्नु प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनु भयो ।

प्रदेश सरकारले कृषि, द्वन्द्व पीडित, उद्योग बिकास, सहकारी बिकास, वनमा आधारित लघु तथा मझौला उद्योग प्रबर्द्धनकालागि रकम बिनियोजन गरिएको पनि मन्त्री केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.