जर्जिया राज्यमा बाइडनको ऐतिहासिक जीत

न्यूयोर्क– अमेरिकाको राष्ट्रपतिमा विजयी हुनुभएका डेमोक्र्याटिक पार्टीका जो बाइडनले जर्जिया राज्यमा पनि ऐतिहासिक जीत हासिल गर्नुभएको छ ।

सन् १९९२ पछि जर्जियामा डेमोक्र्याटिक उम्मेद्वारले यसैपटक विजय प्राप्त गर्नुभएको हो । अमेरिकाको निर्वाचनमा इलेक्टोरल तर्फको मत गणना सकिएको छ । अन्तिम परिणाम अनुसार डेमोक्र्याटिक पार्टीका जो बाइडनले ३ सय ६ मत प्राप्त गर्नुभएको छ भने रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय ३२ मत प्राप्त गर्नुभएको छ । अमेरिकामा कुल ५ सय ३८ इलेक्टोरल मत रहेको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ ।

अन्तिम मत गणना भएका राज्यहरु नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुनु भयो भने जर्जियामा बाइडनले जीत हासिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.