कोरोना बिरामीसँग ४ लाख ७८ हजार रुपैयाँ उपचार खर्च मागियो

प्रशासनद्वारा कोरोना उपचार अस्पताल कारवाही सुरु

विराटनगर– विराटनगरका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा सरकारले तोके भन्दा बढी आफूखुसी शुल्क तोकेर उपचार गर्ने कार्य अघि बढाएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ ।

सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन २ हजार, लक्षण देखिएकाको अक्सिजनसहित सामान्य बेडका लागि साढे ३ हजार, आईसीयु बेडका लागि ७ हजार र भेन्टिलेटर बेडको १५ हजार रुपैयाँ तोकेको छ । तर विराटनगरका निजी कोभिड अस्पतालहरुले न्यूनतम ५ हजार देखि ५० हजार रुपैया दैनिक शुल्क तोकेर लिने गरेको पाइएपछि स्पष्टिकरण सोधिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यसैक्रममा सिरहा बिष्णुपुरका कोरोना संक्रमित ३५ वर्षीय युवकको उपचार खर्च ४ लाख ७८ हजार रुपैयाँ मागेपछि विराटनगर अस्पताललाई संक्रामक रोग ऐन २०२० अनुसार अस्पताल नै बन्द किन नगराउने भनेर स्पष्टिकरण सोधिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । उहाँले चित्तबुझ्दो जवाफ नआए आवश्यक कानुनी कारवाही गरिने बताउनु भयो ।

विराटनगर अस्पतालमा ४ दिन उपचार गरिएपनि उनको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना उपचारमा बढी पैसा लिएको भए प्रमाण सहित जानकारी दिन पनि सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.