लाखौंको पटकाजन्य पदार्थ बरामद

कपिलवस्तु– नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै कपिलवस्तुमा पटकाजन्य पदार्थको भित्रिने क्रम बढेको छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैध रुपमा पटकाजन्य पदार्थको आयात गरिरहँदा कपिलवस्तु प्रहरीले भने विशेष सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न सिमानाकाहरुबाट १ लाख ५० हजार बढी मूल्यको पटकाजन्य पदार्थहरु बरामद गरेको छ । बरामद गरिएका पटकाहरु ध्वनी तथा वातावरण प्रदुषण गर्ने ठूला बिष्फोटक पदार्थहरु रहेको बताइएको छ ।

अवैध रुपमा भित्रिएका पटकाजन्य पदार्थहरुको बिस्फोटबाट मानवीय तथा भौतिक क्षति समेत हुनेसक्ने तर्फ विशेष निगरानी बढाएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भएको छ । उहाँले तिहारमा विशेष सुरक्षा योजना बनाउँदै बिना पोसाकका प्रहरीहरु परिचालन गरिएको जानकारी गराउनु भयो । अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि बिशेष योजना समेत तयार पारिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.