ट्रम्पले नै जितेको भए अझै धेरै मानिस मर्ने थिएः बाइडन

न्यूयोर्क– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले दोस्रो कार्यकाल पनि राष्ट्रपति ट्रम्पले नै जीत हासिल गरेको भए अझै धेरै मानिसहरु मर्ने बताउनु भएको छ ।

डेलावेरमा सम्बोधन गर्दै बाइडनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहकार्यको आवश्कता रहेको बताउनु भयो । सम्बोधनकै क्रममा बाइडनले अझै पनि राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्न नसक्नु लाजमर्दो भएको बताउनु भयो ।

पूर्वप्रथम महिला मिचेल ओबामाले सामाजिक मिडियामा लेख्दै राष्ट्रपति निर्वाचन खेल नभएको बताउनु भएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ । जबकि राष्ट्रपतिमा निर्वाचित बाइडनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । सोमबार मात्रै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रवीट गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएको बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.