शे-फोक्सुण्डो निकुञ्जमा संसदीय टोली

डोल्पा– कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति सहितको संसदीय टोली डोल्पा पुगेको छ ।

समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका सदस्य सांसदहरु भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर बुढा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो ।

संसदीय टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै निकुञ्जको बिषयमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताउनुभयो ।

टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयसँग निकुञ्ज संरक्षण बिषयमा गहिरो छलफल गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.