तिनाउ खोलाको बदबारीमा पक्की पुल निर्माण सुरु (भिडियो)

पाल्पा- पाल्पाको माथागढी र बगनासकाली गाउँपालिका जोड्ने तिनाउ खोलाको बदबारीमा पक्की पुल निर्माण सुरु भएको छ ।

प्रदेश सरकारले ४ करोड रुपैयाँ लगानीमा पुल निर्माण सुरु गरेपछि वर्षायाममा ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै स्थानीयमा खुसीयाली छाएको छ । साथै यो पुल संचालनमा आएपछि सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गको रुपमा समेत प्रयोग हुनेछ ।

माथागढी र बगनासकाली गाउँपालिकाको सीमाना तिनाउ खोलाको बदवारीमा प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण सुरु भएको छ ।

पुल बनेसँगै वर्षातको समयमा बालबालिकालाइ विद्यालय पठाउन र ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.