गोरखा र धादिङको सिमानामा रहेको ऐतिहासिक सम्पदा संरक्षणको पर्खाइमा

धादिङ- संरक्षणको अभावमा धादिङ र गोर्खाको सिमानामा रहेको दशकौं पुरानो ऐतिहासिक स्थल  भिमेनसेन थापाको सत्तल अलपत्र अवस्थामा छ ।

नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाउनु भएको  बस्ने घर, पुजा गर्नका लागि बनाइएको मठ- मन्दिर अहिले जीर्ण बनेको छ ।

मन्दिर परिसर संरक्षण अभावका कारण झाडीले ढाकेको छ । मन्दिरमा भएका पुराना कलात्मक बस्तुहरु चोरी हुन थालेका छन ।

पुराना पुराना ढुङ्गमा कुँदेर बनाइएका कलात्मक मुर्तिहरु सबैजसो फुटिसकेका  छन् । एउटै ढुङ्गाले बनाएका  लामा लामा खम्वाहरु सबै जसो भाँचिएका छन ।

हरेक  वर्ष यहाँ यत्रतत्र छरिएर रहेका पुराना मुर्तिहरु संरक्षण हुन नसक्दा  हराउदै जना थालेको स्थानीयहरु बताउँछन।
अहिले पनि  मन्दिर परिसरमा धेरै पौराणिक बस्तुहरु यत्रतत्र छरपस्ट अबस्थामा रहेका छन् ।

सरोकारवाला निकायले गरेको बेवास्ताका कारण ऐतिहासिक स्थलको संरक्षण हुन नसकेको आरोप स्थानीयहरु लगाउँछन ।

बर्षौँ पुरानो छुट्टै इतिहास बोकेका यस्ता स्थलहरुको संरक्षण गर्नुपर्ने धादिङ र गोर्खाका स्थानीयहरुको माग छ ।

यसको संरक्षण र समबर्धन गर्न सकेको खण्डमा आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ ।

यति मात्र नभई इतिहास अध्ययनकर्ताहरुका लागि यो अनुसन्धान गर्ने ठाँउ समेत बन्ने देखिन्छ ।

धादिङको ज्वालामुखी गाउँपालिका र गोर्खाको शहिद लखन गाउँपालिकाको सिमानास्थित बुङ्कोटघाटमा यो सत्तल रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.