लकडाउन विस्तारै खुकुलो बनाउँदै फ्रान्स

पेरिस– फ्रान्सले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण घट्न थालेपछि विस्तारै लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले यसै हप्ताभित्र पसलहरु खोल्न दिने बताउनु भयो । साथै क्रिसमसको समयमा परिवारहरु बीच आपसी भेटघाट गर्न पनि दिने निर्णय गरिएको छ । तर बार तथा रेस्टुरेन्ट भने आगामी जनवरी २० अघि खोल्न पाइने छैन । फ्रान्समा हालसम्म २१ लाख ५३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ५० हजारभन्दा बढी मृत्यु भइसकेको छ ।

राष्ट्रपति म्याक्रोनले फ्रान्समा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण टरेको बताउनु भयो । साथै नजिकिएको क्रिसमसलाई लक्षित गर्दै आगामी डिसेम्बर १५ बाट लकडाउन खुकुलो गरिने जानकारी पनि दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.