कोरोनाका कारण थलिएको अन्तराष्ट्रिय खेलकुद फेरि लयमा फर्कदै

काठमाडौं- कोरोना भाइरसको महामारीमा थला परेको खेलकूद जगत बिस्तारै चलायमान बन्दै गइरहेको छ । फूटबलले जस्तै क्रिकेटले पनि आफ्नो पूरानो लयमा फर्कने प्रयासमा आजबाट बिभिन्न अन्तर्राष्ट्रिय क्रिकेटका प्रतियोगिताहरु सुरु हुँदैछन् ।

झन्डै नौ महिनापछि भारत अष्ट्रेलिया भ्रमणमा निस्किएको छ । भारतले अष्ट्रेलियामा तीनवटा एकदिवसीय, तीनवटा टी-ट्वान्टी र चारवटा टेष्ट श्रृंखला खेल्दैछ ।

आज बेलुका नेपाली समय ९.२५ बजेदेखि पहिलो भारत-अष्ट्रेलिया एकदिवसीय श्रृंखला सुरु हुँदैछ । त्यसैगरी इङ्ग्याण्ड र र दक्षिण अफ्रिकाबीचको क्रिकेट प्रतियोगिता पनि आजैबाट सुरु हुँदैछ ।

तीनवटा टी-ट्वान्टी र तीनवटा एकदिवसीय खेलका श्रृंखलाहरुमध्येबाट आज टी-ट्वान्टी प्रतियोगिता नेपाली समय ९.४५ बाट सुरु हुँदैछ ।

आजैबाट न्यूजिल्याण्डमा रहेको वेष्टइण्डिजले पनि तीनवटा टी-ट्वान्टी र दुईवटा टेष्टका श्रृंखलाहरु खेल्दैछन् । वेष्टइन्डिजले आजको पहिलो टी-ट्वान्टी खेल न्यूजिल्याण्डको इडेनपार्क मैदानमा नेपाली समय राती ११.४५ बजे खेल्दैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.