विकासका कामको गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री पोखरेलको निर्देशन

बटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पूँजीगत खर्च बढाउनैपर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भएपनि बजेटको कमि हुन नदिन अहिलेदेखि नै काम थाल्न पनि उहाँले निर्देशन दिनुभयो ।

बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्न समेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.