चीनका रक्षामन्त्री वेइ फेङहे काठमाण्डौँमा

काठमाडौं- चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे एक दिवसीय भ्रमणका क्रममा आज काठमाण्डौ आइपुग्नु भएको छ ।

उहाँ एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ अवतरण गर्नुभएको हो ।

उहाँलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गर्नुभयो ।

भ्रमणका क्रममा आज चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

यस्तै उहाँले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्नुहुने कार्यक्रम छ । चिनीया रक्षामन्त्रीको आजको एक दिवसीय भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.