उडिरहेको हेलिकप्टरमा चील ठोक्कियोः नुवाकोटमा आकस्मिक अवतरण

नुवाकोट- नुवाकोटको दाहालडाँडामा उडिरहेको हेलिकप्टरमा चिल ठोक्किंदा दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरलाई आकस्मिकरुपमा सुरक्षित अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जोगिएको हो ।

वागलुङवाट काठमाडौका लागि पाँच यात्रु लिएर हिंडेको कैलाश एयरको नाइन एन ए जे जे कलसाइन रहेको हेलकप्टर आकाशमा चरासँग ठोक्किएपछि चालकले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चालक दीपक गर्वुजाले उडाइरहेको सो हेलिकप्टरमा चिल ठोक्किएपछि अगाडिको भागमा क्षति पुगेको छ । एक जना यात्रु वागलुङको गलकोट नपा–३ का २९ वर्षिय वीरजंग भण्डारी सामान्य घाइते भएका छन् ।

घाइते यात्रु भण्डारीको हात र खुट्टामा चोट लागेको छ । स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए भने हेलिकप्टर घटनास्थलमै रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.