स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने अभियान शुरु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका सबै स्थानीय तहहरुमा आधारभूत अस्पताल भवनको शिलान्यास गर्दैछ।

आधारभूत अस्पतालका लागि जग्गा प्राप्त गरिसकेका देशभरका ७ सय ५३ वटा स्थानीय तहमा आज एकै पटक शिलान्यास गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जग्गा प्राप्त नभएका स्थानहरुमा भने छिटै जग्गा प्राप्तिका लागि प्रक्रिया शुरु गरिने भएको छ।

लम्जुङको धमिलीकुवामा अस्पताल शिलान्यासको क्रममा सहभागी स्थानीय, फोटो सौजन्य : केशवराज विष्ट, नेपाल टेलिभिजन

देशभरका ३ सय ९६ वटा स्थानीय तहमा एकैपटक आधारभुत स्वास्थ्य केन्द्र शिलान्यास गर्ने सरकारको अभियान अन्तर्गत आज धेरै स्थानमा अस्पतालको शिलान्यास भएको छ भने कतिपय स्थानमा अझै शिलान्यास गर्ने कार्यक्रम जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.