नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु, १४७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थप २९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १९ सय ३१ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.