बौरिँदै मलेखु बजार

धादिङ- कोरोना संक्रमणका कारण सुनसान बनेको माछाका लागि प्रशिद्ध धादिङको मलेखु बजारमा पर्यटकीय चहलपहल विस्तारै बढ्न थालेको छ।

राजमार्गमा सवारी साधनहरुको चापसँगै विस्तारै निजी सवारीका साधनहरु दैनिकजसो बृद्धि हुनथालेपछि मलेखु बजारमा आन्तरिक पर्यटकहरुको चहलपहल निकै बढेको हो।

लामो समयदेखिको बन्दाबन्दी र मानिसहरुमा कोरोना संक्रमणको सन्त्रासका कारण सबैजसो व्यापार व्यवसाय ठप्प थियो।

अहिले आवाश्यक स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई मानिसहरु हिँडडुल गर्न थालेकाले गर्दा राजमार्गका ब्यापार ब्यवसायहरु पनि विस्तारै पहिलेको अवस्थामा फर्कन थालेका छन ।

मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप र चहलपहल बढ्दै गएको छ ।

कोरोनाबाट मात्र नभई जाडोको समयमा आउन सक्ने अन्य स्वास्थ्य समस्याहरुबाट सुरक्षित रही व्यवसाय सञ्चालन गर्न सुरु गरेको र केही दिन यता राम्रो ब्यापार हुन थालेको होटल व्यवसायीहरु बताउँछन ।

आजकाल प्रतिदिन सातदेखि १२ हजारसम्म व्यापार हुने गरेको ब्यवसायीहरुको भनाइ छ ।

तुलनात्मक रुपमा गत महिनाहरुमा भन्दा राजमार्गको सवारी आवगमन बढ्नुका साथै व्यापार व्यवसायहरु पनि सबैजसो सुचारु भएका छन्।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाका कारण सरकारले गरेको बन्दाबन्दीको झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी साधनहरु संचालनमा आएका छन ।

यसको प्रभावले राजमार्गहरुमा संचालित सबै व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.