नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुः बैठक बुधबार बस्ने गरी स्थगित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदन माथि छलफल स्रुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लैजाने वा अलग-अलगरुपमा लैजाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठक भोली पुनः बस्ने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.