उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

उत्तर कोरियाली नेता किम जोङ–उनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको दावी अमेरिकाले गरेको छ ।

नेता किम, उत्तर कोरियाका वरिष्ट सरकारी अधिकारी र किमका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप लगाएको दावि अमेरिकी सुरक्षा अधिकारीको छ । तर सूचनाको स्रोतबारे भने जानकारी गराइएको छैन ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन ।

उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.