पाल्पामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु

पाल्पा- पाल्पामा आज बिहान थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तानसनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुषको बिहान ४ बजे र गल्याङ नगरपालिका ४ स्याङ्जाका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

ज्यान गुमाएका बगनासकाली-१ का पुरुषको मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि १४ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै  गल्याङ्गका पुरुषलाई भने स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका क्रममा २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आज मृत्यु भएका दुईसहित हालसम्म पाल्पामा २४ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

पाल्पामा समुदायमा संक्रमण फैलिएपछि हाल सक्रिय संक्रमितको संख्या २ सय ३७ रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.