कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ- प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । व्यास १ तालघरेबाट उनलाई प्रहरीले पक्रेको हो ।

पौडेलले सरकारी संयन्त्रलाई बाइपास गरि मंगलबार मोटरेबल पुल उद्घाटन गरेको र बुधबार व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटनको तयारी गरेको विरोधमा राष्ट्रिय युवा संघ तनहुँले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीको अनुरोधलाई वेवास्ता गरि पुल उद्घाटन कार्यक्रम राखेपछि जिल्ला प्रशासन तनहुँले उक्तक्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञाको अवज्ञा गर्दै कार्यक्रम गर्न लागेपछि नेपालि कांग्रेस कार्यकर्ताहरुले टायर बालेर केहLबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए । उक्त स्थलबाट कांग्रेस कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.