कंग्रेसका वरिष्ठ नेता पौडेल केहिबेरको नियन्त्रणपछि रिहा

तनहुँ- तनहूँमा प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई केहिबेर नियन्त्रणमा लिएर छाडेको छ । तनहुँको व्यास नगरपालिका तालघरेमा पुल उद्घाटनको विषयमा सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

सो क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेकोमा वरिष्ठ नेता पौडेलले निषेधाज्ञाको अवज्ञा गरेको पाइएपछि उहाँलाई केहिबेर नियन्त्रणमा लिइएको तनहूँ प्रहरीले जनाएको छ ।

पौडेलले सरकारी संयन्त्रलाई बेवास्ता गरी मंगलबार एउटा पुल उद्घाटन गरेको र हिजो बुल्दि खोलामाथिको पुल उद्घाटनको तयारी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ तनहुँले त्यसको विरोध गरेको थियो । पौडेलले पुल उद्घाटन गर्न पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस समर्थक कार्यकर्तार र भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेपछि मुठभेडको जोखिम रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.