सिमकोट विमानस्थलमा लागेको आगो नियन्त्रणमा

हुम्ला- सिमकोटस्थित विमानस्थलमा आगलागी नियन्त्रणमा आएको छ । विमानस्थल प्रमुख बस्ने क्‍वाटरमा बिहानै ५ बजे लागेको आगलागी नियन्त्रणमा आएको हो ।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयहरूले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षति विवरण आएको छ । आगाको लप्काले भवनमा क्षति पुगेपनि कुनैपनि मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.