सबै सुविधा र अवसरमा फरक क्षमता भएकाहरुको समान पहुँच स्थापित गरिनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकहरुको हक हितका लागि सरकारले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको उल्लेख गर्नुहँदै यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति भन्डारीले उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने तथा तिनको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.