काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपाल लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालका लागि म्यान्माका राजदूत सेन ओले ।
प्रतिक्रिया राख्नुहोस्