फाइजरले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुग्यो

काठमाडौं– कोरोना भाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ ।

खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ । जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ । बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ । खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहत् रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ ।

पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.