कोभिडले थलिएको खेल पुनः लयमा फर्कंदै (भिडियो रिपोर्ट)

काठमाडौं– कोभिड १९ को महामारीकाबीच पनि खेल र खेलाडीहरुको मनोबल उच्च बनाउँदै ललितपुरको ललितपुर टेबल टेनिस परिवार प्रशिक्षण केन्द्रले सामाजिक दुरी कायम गरी सुरक्षित ढंगले प्रशिक्षण दिदैं आएको छ ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारालाई आत्मासात गर्दै केन्द्रले दैनिक १ सय भन्दा बढीलाई बिहान ६ बजेदेखि दिउँसो ३ बजे सम्म प्रशिक्षण दिंदै आएका छन् ।

प्रशिक्षणमा सहभागी सिनियर, जुनियर र भेट्रान खेलाडीहरुलाई देश तथा विदेशमा हुने हरेक किसिमको प्रतियोगितामा सफल बनाउन कोभिडका बेलामा पनि सुरक्षित साथ प्रशिक्षणमा सहभागी गराएको प्रशिक्षक राजेन्द्र कपालीले बताउनुभयो ।

प्रशिक्षणले आफूहरुमा थप जोश, हौसला र आत्मबल बढेकोले अब हुने प्रतियोगितामा आफूहरु जित्नेमा विश्वस्त रहेको प्रशिक्षार्थी विपुल महर्जन बताउनु हुन्छ ।

खेलकुदले मानिसलाई स्वस्थ बनाउने मात्र नभई अनुशासन समेत सिकाउने माध्यमका रुपमा रहेकाले खेलकुद प्रति सबैको रुचि जगाउन प्रशिक्षण केन्द्रको स्थापना गरेको केन्द्रका अध्यक्ष रोशन कुमार शाक्यले बताउनुभयो ।

निकट भविष्यमै हुन लागेको ललितपुर मेयर कप टेवल टेनिस प्रतियोगितालाई लक्षित गरी प्रशिक्षणलाई तीब्रता दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.