शेयर बजारसम्बन्धी नीतिगत परिवर्तन भएको छैन-राष्ट्र बैंक

नेप्से परिसूचक एकैदिन १२३ अंकले घट्यो

काठमाडौं- आइतबार नेपाली शेयर बजारमा उच्च्दरले परिसूचक र कारोवार घटेपछि नकारात्मक सर्किट लागेर कारोबार स्थगित भएको छ ।

गत विहिबार २०५० पुगेर बन्द भएको नेप्से परिसूचक आइतबार १ सय २३ अंक एवं ६ प्रतिशतले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ ।

आइतबार बजारमा ७ अर्ब २० करोड ९१ लाख रुपैया बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा चार कम्पनी, एक सामूहिक लगानी कोषको एकाइ र दुई बैंकको ऋणपत्रको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको कारोबार ओरालो लागेको छ ।

लगानीकर्ताले एकै दिनमा एक खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाएका छन् । गत बिहिबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ ।

यसैबीच सेयर बजारका लागनीकर्ताहरुले आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग भेट गरेका छन् ।

भेटमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले राष्ट्र  बैंकले लगानीकर्तासँग छलफल गरेर मात्रै शेयरबजार सम्बन्धी नीतिगत व्यवस्थामा परिर्वतन गर्ने डेपुटी गभर्नर शिवाकोटीले बताउनु भएको जानकारी दिनु भयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.