जब अध्यक्ष र उपाध्यक्षको मन मिल्यो !

पोखरा– मन मिलेपछि भइ त गो । स्थानीय तहमा बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विवाह बन्धनमा बाँधिनु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङ घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच लगनगाँठो कस्सिएको हो ।

पोखरा २५ स्थित याम्दी गुम्बामा उहाँहरुबीच मागी विवाह सम्पन्न भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्वा गुरुङ, संघिय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत केही स्थानीय नेता तथा अभिभावकको उपस्थितिमा विवाह सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.