जो बाइडेनलाई विपक्षीको पनि बधाई

न्यूयोर्क– अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनको विजयलाई स्वीकार गर्दै विपक्षी दल रिपव्लिकन दलका नेताहरुले पनि बधाई दिएका छन् ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेताहरुले राष्ट्रपति बाइडेनलाई बधाई दिएका हुन् । यस अघी वर्तमान राष्ट्पति डोनाल्ड ट्रम्प सहित उहाँको दल रिपब्लिकनका नेताहरुले निर्वाचनमा धाँधली भएको भन्दै बाइडेनको विजयलाई अस्वीकार गर्दै आएका थिए ।

माथिल्लो सदन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गर्नुभएको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेताले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लाग्नु भएको हो ।

सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.