पेलेको कीर्तिमानमा मेसीको बराबरी

अजेन्टिनाका फुटबल स्टार लियोनल मेसीले महान् ब्राजिलियन खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् ।

स्पेनिश फुटबल लिग ला लिगामा गएराति बार्सिलोना र भ्यालेन्सियाबीच भएको खेलका क्रममा मेसीले एक गोल गरेपछि एउटै क्लबबाट खेलेर पेलेले बनाएको ६ सय ४३ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।

पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिलियन क्लब स्यान्तोशबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । मेसीले कीर्तिमान बनाएपनि उनको क्लब बार्सिलोनाले हिजोको खेलमा जित निकाल्न सकेन र २–२ को बराबरी रोकियो।

२६ पटकको ला लिगा च्याम्पियनमा बार्सिलोना १३ खेलबाट २१ अंक बटुल्दै हाल अंक तालिकाको पाँचौ स्थानमा छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको भने २९ अंक रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.