२४ घण्टामा थपिए ७४२ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप ७४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६३५१ जनाको पीसीआर परीक्षणमा ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १०७९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४४ हजार ७ सय ४३ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २३५, भक्तपुरमा २१ र ललितपुरमा ५५ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.