‘प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र संविधानविरोधी’

काठमाडौं– नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको निष्कर्ष निकालेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको साझा निष्कर्ष निकालेका हुन् । प्रतिनिधिसभा विघटन गरिएको सम्बन्धमा तीनवटै पार्टीका छुट्टाछुटै केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि पुनः बैठक बसेर आगामी रणनीति तय गर्ने नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नेकपा र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिवादको रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकीकृत नीति लिने निर्णय भएको बताउनुभयो ।

यसैबीच विघटित प्रतिनिधिसभामा नेकपाका केही छुट्टै सांसदहरुको भेलाले प्रतिनिधिसभा विघटन लोकतन्त्रको पक्षमा नभएको जनाएको छ ।

बैठकले प्रतिनिधिसभा विघटन लोकतन्त्रको पक्षमा नभएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको नेताहरुले बताउनुभएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक र कानूनी उपचारमा जाने निर्णय भेलाले गरेको नेकपाका नेता देव गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.