विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस डे मनाउँदै

काठमाडौं- येशु क्रिष्टको जन्मोत्सव क्रिसमस आज विश्वभरीका ईसाई धर्मावलम्वीहरुले मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका मनाउने गरिन्छ ।

यस अवसरमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको थियो ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गर्ने जनाइएको छ ।

गत वर्ष चीनको वुहानमा कोरोनाको कहर शुरु भएपनि युरोप,अमेरिका लगायत विश्वका अन्य देशहरुमा क्रिसमसको रौनक छाएको थियो ।

होटेल र रेष्टुरेन्टहरु पर्यटकले भरिभराउ थिए । तर यस वर्ष जीससको जन्मस्थान बेथ्लेहोम्समा पनि क्रिसमसको रौनकता छाएको छैन ।

गत वर्ष यतिखेर दशौं हजार पर्यटकले भरिभराउ बेथ्लेहोम यस वर्ष सीमित पर्यटक मात्रै छन् । युरोपेली देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर शुरु भएकाले यस वर्ष कतिपय देशहरुले क्रिसमसकै बीच लकडाउन समेत गरेका छन् ।

बेलायतमा कोरोना भाइसरको नयाँ प्रकार देखिएको भन्दै कतिपय देशले यात्रा प्रतिबन्ध नै गरेका छन् । यसैगरी कतिपय मुलुकले चार जनाभन्दा बढी एकै ठाउँमा भेला हुन समेत प्रतिबन्ध लगाएकाले यस वर्षको क्रिसमस ढुक्क साथ मनाउने अवस्था छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.