५ सय जनामा कोरोना संक्रमण

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् ।

हालसम्म नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् ।

अहिले क्वारेन्टाइनमा संख्या ३६९ जना रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.