सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

झापा- नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उनीहरुले साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४–०६–७७–००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि उक्त विवरण ‘इडिट’ (सच्याएर) गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उहाँले बताउनुभयो ।

साह, आलम र तिम्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.