१ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै काँग्रेस

काठमाडौं- नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभाको विघटन भई बैशाख १७ र २७ मा निर्वाचन घोषणा भएपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णय बमोजिम आज देशका सबै निर्वाचन क्षेत्रमा केन्द्रित विरोध कार्यक्रम आयोजना हुने सो पार्टीले जनाएको छ ।

विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुहुने पनि सो पार्टीले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँका दुई वटा निर्वाचन क्षेत्रमा हुने अलग अलग बिरोध कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।

केन्द्रीय समितिमा छलफल हुँदा १ सय ६५ निर्वाचन क्षेत्रमा गत निर्वाचनमा निर्वाचित वा प्रतिश्पर्धा गर्ने नेताहरुले सम्बोधन गर्ने निर्णय भएको तर जिल्लाको समन्वयमा केही हेरफेर भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.