२४ घण्टामा ६५९ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप ६५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५७८ जनाको पीसीआर परीक्षणमा ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४९ हजार ८ सय ६३ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८२५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.