बेलायतमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य विज्ञहरुको चासो

लन्डन– बेलायतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य विज्ञहरुले चासो व्यक्त गरेका छन् ।

बेलायतमा मंगलबार मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिए । यसै गरी कोरोना रिपोर्ट पोजेटिभ आएको २८ दिनमा ४ सयभन्दा बढीको मृत्यु भएको छ । क्रिसमसको अवधि भएकाले पनि कोभिड संक्रमितको पूरा तथ्यांक बाहिर नआएको बताइएको छ ।

बेलायत स्थित जनस्वास्थ्य कार्यालयले पछिल्लो समय संक्रमितको संख्या तीव्र गतिमा बढेको जनाएको छ । बेलायत स्थित राष्ट्रिय स्वास्थ्य सेवाले पछिल्लो समय संक्रमण बढेकाले व्यापक दवाब भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.