२४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ५११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५११० जनाको गरिएको पीसीआर परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ६०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५१ हजार ९ सय १२ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८४७ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.