हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्ला- सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोड सेडिङ्ग हुने गरेको छ । हिल्दुम साना जलविद्युत आयोजनाको मुहानमा पानीको श्रोत कम भएको बाहना गर्दै दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको हो ।

हिल्दुम साना जलविद्युत आयोजनाले दैनिक ११ घण्टा लोडसेडिङ गरेपछि जिल्लाका कामहरु प्रभावित भएका छन ।

दिनभर लोडसेडिङका कारण काम बन्द गर्नु परेको कार्यालयका कर्मचारी तथा स्थानीयहरुले जानकारी दिए ।

विद्युतको कारण काम रोकिएपछि कामकाजसमेत धरापमा परेको उनीहरुले गुनासो गरे । लोडसेडिङले गर्दा सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालनमा रहेको तीन दर्जनभन्दा बढी व्यवसायहरु मर्कामा परेका छन् ।

हिल्दुम साना जलविद्युत आयोजनाका वितरण केन्द्रका लालबहादुर लम्साल मुहानमा पानीको श्रोत कम भएकै कारण लोडसेडिङ तालिका वृद्धि भएको स्विकार्नुहुन्छ।

५ किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाबाट हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि समस्या भएको लम्सालले बताउनुभयो ।

हिमपात नभएकोले पानीको श्रोत घटेको उहाँको भनाइ थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.