हुम्लामा कराेडाैंको लगानीमा बनेका ‘जनता आवास’ का घरहरु अलपत्र

हुम्ला-दलित तथा अल्पसंख्यक समुदायका लागि सरकारकाे अनुदानमा निर्माण गरिएका जनता आवासका घरहरू अलपत्र परेका छन ।
यसबाट समुदाय लक्षित कार्यक्रममा पनि तल्लाे तहमा आवश्यक साेधखाेज निश्चित वर्गलाई मात्र दिनुपर्ने देखिएकाे छ ।
संघीयता लागु हुनुभन्दा अघि हुम्लाभरी निर्माण गरिएका तीन सय २५ वटा घरहरू जनता आवास कार्यक्रम अन्तर्गत जिल्लाभरी बनाइएका छन् ।
यी घरहरूमा ५० प्रतिशत घरहरूको उपयोग भएपनि ५० प्रतिशत घरहरू अलपत्र पर्दै गएको नेपाल पत्रकार महासंघ, हुम्ला शाखाका पुर्व अध्यक्ष कर्णबहादुर राेकायाकाे भनाइ छ ।
सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकाका विभिन्न स्थानहरूमा निर्माण गरिएका घरहरू जग्गाको अभावमा गाउँबाट टाढा एकान्त र निर्जन स्थानमा बनाइएका हुँदा यस्तो भएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।
विशेषत: ३० खार्पुनाथ गाउँपालिकाको कैल्याबालु भन्ने स्थानमा बनाइएका दश घरहरू याँचु गाउँका दलितहरूका लागि बनाइएका थिए ।
ती घरहरू गाउँभन्दा टाढा हुँदा खण्डहरमा परिणत भएका छन् । यसैगरी, सिमकोट गाउँपालिका वडा नं ६ को दलित बस्ती साहुवाडाका दलितहरुका लागि ठुने भन्ने ठाउँमा बनाइएका पाँच घर पनि भग्नावशेषमा परिणत भएका छन ।
“दलितका लागि मात्रै लागु गरिएको यो जनता आवास कार्यक्रमले केही मात्रामा भए पनि राहत दिएको छ ।
सरकारले घर बनाई दिँदा धेरै राम्रो भएको छ । जस्ता छाना भएको घरमा बस्न पाइएको छ”-सिमकोट गाउँपालिका वडा नं ५ का शुक दमाई बताउनुहुन्छ ।
यो कार्यक्रम पहिला भबन डिभिजन कार्यालय जुम्लाबाट सञ्चालन गरिएको हुनाले पनि प्राविधिक गल्तिका कारण यस्तो हुन गएको भबन डिभिजन जुम्लाबाट हुम्लाको जनता आवास कार्यक्रम हेर्ने एक प्राविधिक बताउनुहुन्छ ।
जिल्लाभरी बनेका यस्ता घरको बारेमा कसलाई चाहिने हो । कसलाई नचाहिने हो, एकिन गरेर मात्र दिनुपर्ने स्थानीयको भनाइ छ ।
सरकारले निःशुल्क दिएको भनेर हेला गरेकाले अहिले यो कार्यक्रम नै बदनाम हुन पुगेको छ । यसलाई समयमै सुधार्न सकेमा लक्षित वर्गले लाभ लिन सक्ने सरोकारवालाहरु बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.