ताजा जनादेश लिन निर्वाचनको मिति घोषणा : पर्यटन मन्त्री

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले ताजा जनादेश लिनका लागि सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री ढकालले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभएको हो । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको वर्तमान अवस्थामा प्राथमिकता निर्धारण गरि योजनाबद्ध रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री ढकालले विगतमा घोषणा गरिएका पर्यटन प्रवद्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट फेरि सञ्चालन गर्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले सरकारी र निजी क्षेत्रलाई संयुक्त रुपमा परिचालित गरि पर्यटन क्षेत्रको पुर्नउत्थान गरिने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले आन्तरिक तथा बाह्य पर्यटनको विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक भएको बताउनुभयो । कार्यक्रममा बोर्डका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.