संसद विघटन संवैधानिक : मुख्यमन्त्री गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसद विघटन भई निर्वाचनमा जाने कुरा संवैधानिक कदम भएको बताउनुभएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला प्रशासन कार्यालयमा निर्माण भएको पालिका स्तम्भ पार्क उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले जनप्रतिनिधिहरुमा समस्या हुँदा मुलुकको निर्णायक अधिकार जनतामा नै हुने भन्दै लोकतन्त्रमा जनताको अधिकारको सहि प्रयोगका लागि निर्वाचन नै भएको बताउनुभयो । निर्वाचनका माध्यमबाट जनताको विचमा जाँदै गर्दा जनताले जसलाई विश्वास गर्छन् उसैलाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यलय प्रांगढमा मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरीएको पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । सो पार्कममा पुगेर अवलोकन गरे पछि जिल्लाको ४ गाउँपालिका र ४ नगरपालिकाको दृश्य देख्नुका साथै गण्डकी प्रदेश पनि देख्न सकिन्छ । सो पार्क जिल्ला प्रशासन कार्यालय लमजुङले निर्माण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.