भीम आचार्य संसदीय दलको नेता निर्वाचित, राईद्वारा १५ सांसद निलम्बित

विराटनगर– प्रदेश १ नेकपा संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाइएर प्रदेश सांसद भीम आचार्यलाई निर्वाचित गरिएको छ ।

संसदीय दलका उपनेता टंक आङबोहाङले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर प्रदेश सांसद भीम आचार्यलाई निर्वाचित गरिएको पत्र दर्ता गराउनु भएको छ । नेकपा संसदीय दलको बैठक पौष १९ गते बोलाइएकोमा आकस्मिक रुपमा पौष १५ गते बैठक बसेर संसदीय दलको नेता परिवर्तन गरिएको पत्रमा उल्लेख छ ।

यसैबीच नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले स्पष्टिकरण नबुझाउने १५ जना प्रदेश सांसदहरुलाई ३ महिनाका लागि प्रदेश सांसदको रुपमा कामकारवाही गर्न नसक्ने गरी निलम्बन गरिएको जानकारी दिनुभयो । १५ जना सांसद निलम्बनको पत्र समेत प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ ।

प्रदेश सरकार विरुद्ध नेकपाका ३७ जना प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा ओली समूह र नेकपा प्रचण्ड माधव समूहले एक अर्कालाई कारवाही गर्ने प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.