निर्माण समाग्रीको मुल्यमा मनपरि भएपछि अनुगमन

धादिङ- पछिल्लो समय धादिङका बजारहरुमा निर्माण सामग्रीहरुको मुल्यमा बृद्धि  हुन थालेपछि स्थानीय तहहरुले नै अनुगमन सुरु गरेका छन ।

धादिङका स्थानीय तहहरुले विशेषगरी राजमार्गका बजारहरुको अनुगमन तिब्र बनाएको हो ।

बजारमा निर्माणसामग्री छड ,सिमेन्ट गिट्टी र बालुवा,ईंट्टाको मुल्यमा बजार नै पिच्छे फरक हुन थालेपछि अनुगमनलाई तिब्र बनाइएको स्थानीय तहका पदाधिकारीको भनाइ छ ।

भुकम्पपछिको पुन: निर्माणको काम धादिङमा अझै सम्पन्न नभई सकेको अवस्थामा निर्माण सामाग्रीहरुको मुल्यमा आएको उतार चढावले उपभोक्ताहरु मारमा परेको भन्दै अनुगमन तिब्र बनाएको हो ।

यसै क्रममा जिल्लाको धुनिवेशी नगरपालिका भित्र रहेका निर्माण सामग्रीहरु बिक्री गर्ने ठुला साना पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा  अधिकांश पसलहरुले कुनैपनि सामानहरुको मुल्य सूचि नराखेको पाइएको छ भने मुल्य पनि फरक फरक पाइएको छ ।

मुल्यमा एकरुपता ल्याउन र उपभोक्ताहरु नठगिउन भन्दै धुनिवेशी नगरपालिकाका उपमेयरले तत्काल मुल्य सुचि प्रत्येक पसलमा राख्न र मुल्यमा एकरुपता बनाउन निर्देशन दिनु भएको छ ।अन्यथा कानून अनुसार कारवाही अगाडि बढाउने उहाँले बताउनु भएको छ ।

सात दिन भित्र प्रत्येक पसलहरुले मुल्य सुचि टाँस गर्ने र गुणस्तर अनुसारको सामानहरुको मुल्यमा एक रुपताका लागि निर्देशन समेत दिइएको छ।

धुनिवेशी नगरपालिका र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले  संयुक्त रुपमा अनुगमन गरेका हुन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.