अन्नवाली बचाउन तारवार

डडेल्धुरा- विशेषगरी जंगली जनावरले खेतवारीमा लगाइएको अन्नवालीलाई क्षति पुर्‍याउन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्वर ६ मा तारजालीको घेरावार लगाएको छ ।

खेतवारीमा लगाइएको आलुका साथै अन्नबाली बँदेलले नष्ट गर्न थालेपछि अमरगढी नगरपालिका वडा नम्वर २ को दुमडा गाउँमा तारवार लगाइएको हो ।

आलु उत्पादनकालागि पकेट क्षेत्रका रुपमा रहेको वडा नम्वर २ मा पनि तारजालीको घेरवार लगाइएको छ ।

प्रधानमन्त्री कृषिआधुनिक परियोजना डडेल्धुराको १० लाख रुपैयाँ, वडा कार्यालयका साथै विभिन्न निकायवाट गरी २४ लाख रुपैयाँको लागतमा करिव अढाई किलोमिटरको क्षेत्रमा तारजालीको बार लगाइएको र वाँकी स्थानमा पनि तारवार लगाइने योजना रहेको वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द भट्टले वताउनुभयो ।

तारजाली लगाएपछि वँदेलसहितकाअन्य जंगली जनावरबाट आलुका साथै अन्य अन्नवाली बचाउन सकिएको स्थानीय वासिन्दाको भनाइ रहेको छ ।

गाउँमा वँदेललाई रोक्नेगरी तारजाली लगाएपछि दुमडा गाउँका स्थानीय वासिन्दा व्यवसायीक रुपमै आलु खेती गर्न थालेका छन् ।

डडेल्धुरामा वँदेलले वर्षेनी खेतीवारीमा लगाएको लाखौं मुल्य वरावरको अन्नवालीमा क्षति गर्ने गरेको थियो ।

यो तारवारबाट एकातर्फ खेतवारीमा लगाइएको अन्नवाली वचाउन सकिने रअर्कोतर्फ जंगली जनावरको पनि संरक्षण हुने स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.