ब्यापारिक नाका जोड्ने सडकको स्तरोन्नती शुरु
रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडकखण्डको स्तरोन्नतीको काम सुरु भएको छ।
सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने तथा पुल निमार्णको काम भइरहेको छ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघ सम्ममा कालो पत्रेको काम सम्पन्न गरने गरी काम अगाडि बढाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
एकअरब पैतालिस करोड रुपैयाँको लागतमा छ मिटर चौडा रहेको यो सडकलाई बाह् मिठरको बनाउन लागिएको हो ।
मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ । यस खण्डमा निर्माण हुने १२ वटा पुलमध्ये ४ वटाको निर्माण कार्य सुरु भइसकेको छ भने बाँकी ८ वटाको डिजाइन सर्भेको काम भइरहेको छ ।
बर्षातमा पहिरो जाने क्षेत्रमा फष्ट अट्याकको रूपमा पहिलो प्राथमिकता दिएर काम गरिएको यो सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो ।।
प्रतिक्रिया राख्नुहोस्